दफा ११
परीक्षा उत्तीर्ण गर्नु पर्ने
(१) नोटरी पब्लिकको काममध्ये अनुवाद गर्ने र परिषद्ले तोकेको अन्य खास काम गर्न प्रमाणपत्र लिन चाहने व्यक्तिले नोटरी पब्लिक सम्बन्धी परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको परीक्षा परिषद्ले आपैm सञ्चालन गर्न वा न्याय वा कानून सम्बन्धी तालीम दिने वा कानून व्यवसायीको परीक्षा लिने कुनै संस्थालाई सञ्चालन गर्न लगाउने व्यवस्था गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिमको परीक्षाको पाठ्यक्रम, परीक्षाको किसिम र परीक्षा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।